images
images

दुई कम्पनीले हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट पाए अनुमति, कुन कम्पनीको कति ?

दुई कम्पनीले हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट पाए अनुमति, कुन कम्पनीको कति ?

शुक्रवार, पुस २० २०८०
शुक्रवार, पुस २० २०८०
  • दुई कम्पनीले हकप्रद शेयर निष्काशन गर्न बोर्डबाट पाए अनुमति, कुन कम्पनीको कति ?

    काठमाडौँ / दुई कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएका छन् । 

    images
    images

    बोर्डबाट रिडी पावर र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर निष्काशनको लागि अनुमति पाएका हुन् । यी दुबै कम्पनीले बोर्डबाट पुस १९ गते अनुमति पाएका हुन् ।

    नेपाल धितोपत्र बोर्डबाट अरुण भ्याली हाइड्रोपावरले हाल कायम चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति पाएको हो । 

    कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ बराबरको शत प्रतिशत अर्थात एक कित्ता शेयर बराबर एकको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न अनुमति पाएको हो । 

    हकप्रद बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ। त्यस्तै, बोर्डबाट रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्नस्वीकृति पाएको हो । 

    कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५४ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड ५४ लाख ८९ हजार १२ कित्ता शेयरको ५० प्रतिशतले हुन आउने १०० रुपैयाँ अंकित दरका ७७ लाख ४४ हजार ५०६ कित्ता शेयर निष्काशन गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार