images
images

मेरो माइक्रोफाइनान्सको बार्षिक साधारण सभा माघ २६ गते, के–के छन् प्रस्ताव ?

मेरो माइक्रोफाइनान्सको बार्षिक साधारण सभा माघ २६ गते, के–के छन् प्रस्ताव ?

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • मेरो माइक्रोफाइनान्सको बार्षिक साधारण सभा माघ २६ गते, के–के छन् प्रस्ताव ?

    काठमाडौँ / मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा माघ २६ गते गर्ने भएको छ । 

    images
    images

    कम्पनीको पुस २३ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो । उक्त सभा सिद्धार्थ होटल वाटर टावर, विदुर–४, बट्टार, नुवाकोटको सभाकक्षमा बिहान साढे ११ बजे गर्ने कम्पनीले जनाएको छ ।

    सभाले हाल कायम पूँजी संरचना संस्थापक शेयरधनीको ६९.४०५ र सर्वसाधारण शेयरधनीको ३०.६०५० लाई परिमार्जन गरी संस्थापक शेयरधनीको ५९.४०५ र सर्वसाधारण शेयरधनीको ४०.६०५ कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, सभाले गत वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । सभाले लेखापरीक्षणसहितको असार मसान्तसम्मको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने तथा संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

    त्यस्तै, सभाले वित्तीय संस्थाको प्रबन्धपत्र दफा ६ को ङ र च मा आवश्यक संशोधन गर्ने प्रस्तावमाथि छलफल गरी पारित गर्नेछ । नियमनकारी निकायबाट कुनै फेरबदल गर्ने निर्देशन आएमा सोही बमोजिम गर्नका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्न प्रस्ताव पारित गर्नेछ ।

    कम्पनीले सभाधारण सभा प्रयोजनार्थका लागि माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार माघ ४ गतेसम्म नेप्समा कारोबार भइ कायम शेयरधनीले सभामा भाग लिन योग्य हुनेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार