images
images

‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डलीले सम्मान गर्ने

‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डलीले सम्मान गर्ने

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • ‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डलीले सम्मान गर्ने

    काठमाडौँ / देशभरका उत्कृष्ट ‘कन्टेन्ट क्रिएटर’ लाई अपट्रेन्डली मिडियाले सम्मान गर्ने भएको छ ।

    images
    images

    खानपान तथा रेस्टुरेन्ट जीवनशैलीका कथालाई सिर्जनात्मक भिडियो सामग्री बनाई सामाजिक संजालमार्फत प्रचारप्रसार गर्दै आएका क्रिएटरलाई अपट्रेन्डली संस्थाले सम्मान गर्न लागेको हो ।

    अपट्रेन्डली संस्थाका सीईओ मनायक कार्कीले खानपान संस्कृतिका कथालाई प्रचारप्रसार गर्न देशभर छरिएका फुड ब्लगर, कन्टेन्ट क्रियटरलगायत सिर्जनाकर्तालाई माघ १७ गते दरबारमार्गमा ‘क्रिएटर अनर्स–२०२४’ कार्यक्रम आयोजना गरी सम्मान गरिने जानकारी दिए ।

    ‘समारोहमा देशभर छरिएका झन्डै २ सय जना प्रभावशाली सिर्जनाकर्तालाई सम्मान गर्दैछौं,’ सीईओ कार्कीले भने, ‘होटल, पर्यटन विधाअन्तर्गत खानपान शैलीलाई विस्तार गर्न हामीले पहिलो पटक सम्मान गर्न लागेका हौं । यो प्लेटफर्मले स्मार्टफोन र स्मार्ट दिमाग भएकाहरुलाई थप सशक्त बनाउने अपेक्षा गरेका छौं ।’

    समारोहमा खाद्य परिकारसँग सम्बन्धित विविधता सिर्जना गर्दै आएका उदयमान सिर्जनकर्ता, प्रतिष्ठित ब्लगर, राइजिङ स्टार, ब्रेक–थ्रु फूड कन्टेन्ट अफ द इयर, स्थानीय खानामा सबैभन्दा उत्कृष्ट शोकेस, उत्कृष्ट ब्रान्ड, ट्रेन्डको उत्कृष्ट प्रयोग, अडियो÷भिडियोको उत्कृष्ट प्रयोग, फ्लोर लभ अवार्ड आदि विधाका पुरस्कार समेटिएका छन् ।

    प्रतिस्पर्धीहरुलाई कान्तिपुर पब्लिकेसन्स् लिमिटेडका सीईओ महेश स्वा“र, होटल याक एण्ड यतिका महाप्रबन्धक मोनिका शेइब्लाउर, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी थापा र ब्लगर मानसी अग्रवालको निर्णयका आधारमा पुरस्कृत गरिने छ । अपट्रेन्डीले यो अभियान  कान्तिपुर पब्लिकेसन्स् लिमिडेट, नेपाल पर्यटन बोर्ड, पेन्टहाउस रुफटप बार एण्ड लाउन्ज, हार्ड रक क्याफेस“गको साझेदारीमा आयोजना गर्न लागेको बताएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार