images
images

अर्थमन्त्रीको अभिव्यक्तिले बढेको हो सेयर बजार ? नेप्से दोहोरो अङ्कले बढ्दा शिवम्को कारोबार सबैभन्दा बढी

अर्थमन्त्रीको अभिव्यक्तिले बढेको हो सेयर बजार ? नेप्से दोहोरो अङ्कले बढ्दा शिवम्को कारोबार सबैभन्दा बढी

आइतवार, फागुन २७ २०८०
आइतवार, फागुन २७ २०८०
  • अर्थमन्त्रीको अभिव्यक्तिले बढेको हो सेयर बजार ? नेप्से दोहोरो अङ्कले बढ्दा शिवम्को कारोबार सबैभन्दा बढी

    काठमाडौँ / यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक २२.१० अङ्कले बढेर २ हजार ५२.६५ को बिन्दुमा कायम भएको हो ।

    images
    images

    नवनियुक्त अर्थमन्त्री बर्षमान पुनको सकारात्मक अभिव्यक्तिले बजार पनि सकारात्मक बनेको हुनसक्ने लगानीकर्ताहरूले बताएका छन् । 

    गत बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री पुनले पुँजीबजारमा देखिएका नीतिगत समस्या सहजीकरण र सहज वातावरण बनाउन सरकार प्रतिवद्ध रहेको बताएका थिए । 

    जसले गर्दा बजारमा सकारात्मक प्रभाव परेको हुनसक्ने लगानीकर्ताहरूको बुझाइ छ । 

    अर्थमन्त्री पुनले लगानीकर्ताले विचलित हुने भन्दा पनि उत्साहका साथ लगानी गर्न आवश्यक रहेको बताउँदै पुँजीबजारमा प्रत्यक्ष रूपमा सहभागिता जनाउने ६० लाख लगानीकर्ताको मागलाई सरकारले सम्बोधन गर्न तयार रहेको बताएका थिए । 

    उनले पुँजीबजारमा लगानीकर्ताले ढुक्क भएर लगानी गर्न आग्रह गर्दै आगामी दिनमा कुनै समस्या आउन नदिने प्रतिवद्धतासमेत जनाएका छन् । 

    पुँजीबजारका नीतिगत समस्या सहजीकरण गर्ने बताएका थिए । उनले अभिव्यक्ति दिएअनुसार जोखिम भार हटाउने र वित्तीय संस्थाहरूलाई अल्पकालिन लगानी गर्ने बाटो खुलालगायतका कार्य हुनसकेमा बजार सकारात्मक दिशातर्फ अघि बढ्ने लगानीकर्ताहरू बताउँछन् । 

    आज तीन सय चार कम्पनीका ७० लाख ४३ हजार चार सय ५७ कित्ता सेयर ५६ हजार सात सय २६ पटक खरिदबिक्री हुँदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    कारोबारका आधारमा बजारमा सबै लगानीकर्ताहरू सक्रिय नभइसकेको देखिन्छ । अझै केही लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका छन् । 

    जलविद्युत् समूहको उपसूचक ०.१२ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । 

    सबैभन्दा धेरै लघुवित्त समूहको उपसूचक ४.२१ र जीवन बीमा समूहको उपसूचक १.८४ प्रतिशतले बढेको छ । 

    बैङ्किङ समूह ०.७४, विकास बैंक १.०८, वित्त समूह १.४०, होटल तथा पर्यटन १.१२ र लगानी समूह १.२६ प्रतिशतले बढेको छ । 

    त्यसैगरी, उत्पादन तथा प्रशोधन समूह  ०.९१, म्युचुअल फण्ड १.०१, निर्जीवन बीमा १.३४, व्यापार ०.६५ र अन्य समूह ०.२८ प्रतिशतले बढेको छ ।

    विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र जालपा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    सबैभन्दा धेरै घट्नेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ७.०६ र पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य ६.९५ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको २२ करोड ९३ लाख २५ हजार रुपैयाँ बराबरको चार लाख ३० हजार एक सय ३१ कित्ता सेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार