images
images

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बिमा अभिकर्ता तालिम सम्पन्न

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बिमा अभिकर्ता तालिम सम्पन्न

आइतवार, चैत १८ २०८०
आइतवार, चैत १८ २०८०
  • आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा बिमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौँ / आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले कम्पनीसँग आबद्ध भई अभिकर्ताको रूपमा काम गर्न इच्छुक व्यक्तिहरूका लागि चैत १३ गतेदेखि १६ गतेसम्म तालिम सञ्चालन गरेको थियो । 

    images
    images

    उक्त तालिममा विभिन्न जिल्लाहरूबाट ३१ जना व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो । तालिमपश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बिमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरूबिच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बिमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका निर्वाह गरी कार्य गर्ने अपेक्षा सहित अभिकर्ता तालिममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको छ । 

    तालिमबाट निर्जीवन बिमाको क्षेत्रमा नेपाल बिमा प्राधिकरणले निर्देशन गरे बमोजिम निर्जीवन बिमा गर्नका लागि ग्राहकहरूले सहज रूपमा बिमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार