images
images

क्रम्पटनको नयाँ वर्ष २०८१ योजना सार्वजनिक : उपहार र बम्पर उपहार प्राप्त गर्न के गर्ने ?

क्रम्पटनको नयाँ वर्ष २०८१ योजना सार्वजनिक : उपहार र बम्पर उपहार प्राप्त गर्न के गर्ने ?

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • क्रम्पटनको नयाँ वर्ष २०८१ योजना सार्वजनिक : उपहार र बम्पर उपहार प्राप्त गर्न के गर्ने ?

    काठमाडौँ / क्रम्पटनले नयाँ वर्ष २०८१ लक्षित गर्दै क्रम्पटनको ‘नयाँ वर्षे जात्रा : उपहारसँग थाइल्यान्डको यात्रा’ नामक योजना सार्वजनिक गरेको छ । क्रम्पटन छिमेकी राष्ट्र भारतको चर्चित होम अप्लायन्स ब्रान्ड हो । उक्त ब्रान्डले ल्याएको सो योजना अन्तर्गत ग्राहकहरूले क्रम्पटनका विभिन्न होम एप्लायन्सको खरिदमा लक्की ड्र मार्फत विशेष उपहारहरू प्राप्त गर्न सक्नेछन् । 

    images
    images

    ग्राहकहरूले सो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरी रहेको क्रम्पटनका अधिकृत विक्रेता कहाँ गई उठाउन सक्नेछन् ।

    उक्त योजनाको अवधिभरी लक्की ड्र मार्फत हरेक साता एक ग्राहकलाई क्रम्पटनको सिलिङ्ग फ्यान उपहार, हरेक महिना एक भाग्यशाली ग्राहकलाई माइडियाको साईड बाई साईड रेफ्रिजिरेटर साथै बम्पर उपहार स्वरूप एक जोडी थाइल्यान्ड जाने मौका प्रदान गरिनेछ । 

    लक्की ड्रमा सहभागिता जनाउनको लागि क्रम्पटन (स्पेस) ग्राहकको नाम (स्पेस) ठेगाना (स्पेस) वारेन्टी कार्ड नम्बर टाइप गरी ३१००३ मा म्यासेज गर्नुहोस् । 

    नेपालको लागि क्रम्पटन ब्राण्डको आधिकारिक विक्रेता चौधरी गु्रप अन्तर्गतको सि.जी. इम्पेक्स रहेको छ । सि.जी. इम्पेक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सि.जी. डिजिटल सोरुम तथा अधिराज्यभरी फैलिएको डिलर नेटवर्कमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ । 

    क्रम्पटन ब्रान्डको नेपालमा एयर कुलर, सिलिङ्ग फ्यान, स्ट्यान्ड फ्यान, वाल फ्यान, एक्सहस्ट फ्यान, वाटर हिटर, इलेक्ट्रिक गिजर, रुम हिटर, मिक्स्चर ग्राइन्डर, इन्डक्सन कुकर र आइरन बजार मा सर्वत्र पाइन्छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार