images
images

लाभांश प्रस्ताव पारित गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सकियो, ६ जना सञ्चालक निर्विरोध

लाभांश प्रस्ताव पारित गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सकियो, ६ जना सञ्चालक निर्विरोध

मंगलवार, चैत २७ २०८०
मंगलवार, चैत २७ २०८०
  • लाभांश प्रस्ताव पारित गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सकियो, ६ जना सञ्चालक निर्विरोध

    काठमाडौँ / सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको २७औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । मङ्गलबार अध्यक्ष मनोहर दास मुलको अध्यक्षतामा काठमाडौँको डिल्लीबजारमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो । 

    images
    images

    उक्त सभामार्फत साबिकको सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एकापसमा गाभिएपछि कायम हुन आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)को व्यवसाय लगायतका अन्य कामकारवाहीबारे जानकारी दिइएको थियो । 

    सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लि तथा साबिकको लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वित्तीय विवरण पारित गर्ने, आ.ब. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति गरेको छ। 

    यसैगरी सभामार्फत सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीहरूलाई पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावहरू पारित गर्ने निर्णय समेत गरिएको कम्पनीले जनाएको छ । 

    यसैगरी, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकमध्ये कम्पनीको नियमावलीको व्यबस्था बमोजिम बैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंकाबाट अजिथ रोहण गुणवर्द्धना मनोनित भएका छन् । त्यस्तै, बाँकी ३ जना सञ्चालकमा मनोहर दास मुल, लोकमान्य गोल्छा र सिद्धार्थ मणि राजभण्डारी तथा सर्वसाधारण शेयरधनीहरूको समूहबाट अरूण राज श्रेष्ठ र बिजन भट्टराई निर्विरोध निर्वाचित भएको कम्पनीले जानकारी दिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार