images
images

वायु प्रदूषण बढेको बेला एअर प्युरिफायर उपयोगी

वायु प्रदूषण बढेको बेला एअर प्युरिफायर उपयोगी

बिहिवार, चैत २९ २०८०
बिहिवार, चैत २९ २०८०
  • वायु प्रदूषण बढेको बेला एअर प्युरिफायर उपयोगी

    काठमाडौँ / विभिन्न मानवीय र प्राकृतिक कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ ।

    images
    images

    सवारी साधनबाट हुने कार्बन उत्सर्जन, बाटोघाटो मर्मत र निर्माणका कारण फैलिएको धुलो, इँटाभत्ता तथा कारखानाबाट निस्केको धुवा, खराब फोहोर व्यवस्थापन र जङ्गलमा लागेको डढेलो आदि यसका प्रमुख कारणहरू हुन्। वायु प्रदूषण बढेका कारण सर्वसाधारणमा आँखा जलन, सुख्खा खोकी, टाउको दुखाइ जस्ता स्वास्थ्य समस्याहरू देखिएको छ। 

    विभिन्न कारणले गर्दा बढेको वायु प्रदूषण र स्वास्थ्य समस्याहरूले गर्दा काठमाडौँमा एअर प्युरिफायरको माग बढेको बताइएको छ । बजारमा विभिन्न ब्रान्डका एअर प्युरिफायरहरु उपलब्ध छन्। एलजीको पनि ३६० डिग्री एअर प्युरिफायर नेपाली बजारमा उपलब्ध रहेको जनाएको छ । 

    सो एयर प्युरिफायरले शक्तिशाली फिल्टरेशन प्रदान गर्छ भने हावामा हानिकारक पदार्थहरू कम गर्दछ । यसैगरी शुद्धीकरणहरूले हावामा तैरिरहेको पिएम १.० सम्मका साना कणहरू, भाइरस र कीटाणुहरूलाई हटाउँछ ।

    एलजी प्युरीकेयर ३६० डिग्री एअर प्युरिफायरले ठाउँ सफा र आरामदायी राख्दछ भने एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी(नासा) द्धारा निर्मित बोईङ ७४७ मा प्रयोग भएको अत्याधुनिक ‘एरो इस्पेस ग्रेड फ्यान टेक्नोलोजी’को मद्धतले हावाको एअर फ्लो उच्चतम गराई एअर रेसिसटेन्स् र फ्रिक्सन घटाउने कम्पनीको भनाइ छ । 

    मल्टी फिल्ट्रेसन सिस्टम(एचईपीए १३) ६ वटा पत्र भएको विभिन्न स्वास्थ्य मापदण्डबाट प्रमाणित सो फिल्टरले घरभित्र भएको ब्याक्टेरिया, भाइरस, धुलो लगायत प्रदूषणलाई ९९.९ प्रतिशत हटाउने बताइएको छ ।

    त्यस्तै पीएम १.० सेन्सर को साथै आयोनाइजरले अति सूक्ष्म कणलाई पनि पत्ता लगाई हटाउँछ, साथै न्यानो आयोनले फिल्टर गर्न असमर्थ एअरबर्न पार्टीकल्सलाई पनि निस्कृय पार्दछ । एलजी थिङक्युको स्मार्ट इन्डिकेटर रियल टाईममा एयरको क्वालिटीको मापन गर्दछ भने एलजी थिङक्युको माध्यमबाट प्युरिफायरलाई वाइफाइ प्रयोग गरी स्मार्टफोनको माध्यमबाट जताबाट पनि चलाउन सकिन्छ । 

    यसको ३६० डिग्री डिजाइनको साथ यसले आन्तरिक ठाउँलाई सुन्दर र सबै दिशाबाट प्रदूषणहरु पनि सोस्दछ । सो प्युरिफायरले सफा हावा ७.५ मिटरसम्म पुर्‍याउँछ भने यसले सम्पूर्ण कोठामा सफा बुस्टरको रोटेशनको साथ सफा हावाको वितरण गर्न मद्दत गर्दछ । एलजीको सो एयर प्युरिफायरमा १० वर्षको वारेन्टी पनि रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार