images
images

तीन महिनामा प्रभु इन्स्योरेन्सको खुद नाफा ५ करोड ६ लाख, प्रतिसेयर आम्दानी कति ?

तीन महिनामा प्रभु इन्स्योरेन्सको खुद नाफा ५ करोड ६ लाख, प्रतिसेयर आम्दानी कति ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • तीन महिनामा प्रभु इन्स्योरेन्सको खुद नाफा ५ करोड ६ लाख, प्रतिसेयर आम्दानी कति ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्स लिमिटेडले ५ करोड ६ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोहि अवधिको तुलनामा २१.२८ प्रतिशतले धेरै हो । गत वर्ष यसले ४ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    images
    images

    यस्तै, इन्स्योरेन्स कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी २ करोड ५३ लाखबाट बढेर ४ करोड ५५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसंगै नाफा पनि बढ्न पुगेको हो । 

    त्यसैगरी, कम्पनीको कुल दावी भुक्तानी १४ करोड ८५ लाख रुपैयाँ रहेको छ । गत वर्ष १६ करोड ६४ लाख रुपैयाँ थियो । हाल यस इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ६१ लाख २२ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा ९ करोड ५४ लाख रुपैयाँ रहेको छ । 

    यस्तै, तीन महिनाको अवधिमा कम्पनीले ४४ करोड ३३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन १३.०८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३९ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ३१ करोड ३८ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २९ करोड १४ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले ८१ लाख १६ हजार अभिकर्ता कमिशनमा खर्चिएको छ ।

    यस्तै, असोजसम्ममा कम्पनीले १२ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन २८.७४ प्रतिशतले बढी हो ।

    1. समिक्षा अवधिमा कम्पनीको सोल्भेन्सी रेसियो १.७३ रहेको छ । यसको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा छ । प्रतिसेयर नेटवर्थ भने २०८ रुपैयाँ रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार