images
images

एक महिनामा १ अर्ब १८ करोड बढीको बीमा पोलिसी सरेण्डर, नेपाल लाइफको सर्वाधिक, अन्य कुन कम्पनीको कति ?

एक महिनामा १ अर्ब १८ करोड बढीको बीमा पोलिसी सरेण्डर, नेपाल लाइफको सर्वाधिक, अन्य कुन कम्पनीको कति ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • एक महिनामा १ अर्ब १८ करोड बढीको बीमा पोलिसी सरेण्डर, नेपाल लाइफको सर्वाधिक, अन्य कुन कम्पनीको कति ?

    काठमाडौँ / आर्थिक वर्ष २०८०/८१ को असोज महिनामा मात्रै ९ हजार बढीले बीमा पोलिसी त्यागेका छन् । 

    images
    images

    नेपाल बीमा प्राधिकरणका अनुसार असोज महिनामा मात्रै सञ्चालनमा रहेको १४ जीवन बिमा कम्पनीहरूको बीमितले १ अर्ब १८ करोड २९ लाख रुपैयाँ बराबरको ९ हजार ९ सय ३६ वटा बीमा सरेण्डर अर्थात त्याग गरेका हुन् ।

    गत भदौ महिनामा ९ हजार ३८६ जनाले १ अर्ब १८ करोड २० लाख रुपैयाँ बराबरको बीमा पोलिसी त्यागेका थिए । बीमितले बुझेर वा नबुझेरै बीमा त्याग गर्ने क्रम बढ्न थालेको प्रधिकरणको तथ्याङ्कले देखाएको छ । 

    प्राधिकरणका अनुसार यसरी बीमा सरेण्डर गर्नेहरुमा नेपाल लाइफ इन्स्योरेन्सका बीमित धेरै छन् । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा तथा गतिविधीका कारण बीमा पोलिसी सरेण्डरको दर बढ्दै आएको कारण गत भदौको तुलनामा असोजमा भने केही बढी देखिएको छ । असोज महिनामा नेपाल लाइफको कम्पनीको २६ सय ४९ जनाले २८ करोड ९३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

    यस्तै, चालु आर्थिक वर्षको असोज महिनामा राष्ट्रिय बीमा संस्थानको १ हजार ६५ जना बीमितहरुले ९ करोड ७१ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । नेशनल लाइफको ८४९ जना बीमितहरुले ९ करोड ४९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

    त्यस्तै, एलआइसी नेपालका १८ सय १५ जना बीमितहरुले २६ करोड २ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका ४०८ जना बीमितहरुले ३ करोड ६७ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका ७५८ जना बीमितहरुले ६ करोड ५१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । आइएमई लाइफका १६४ जना बीमितहरुले १ करोड ५२ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

    त्यसैगरी सन नेपाल लाइफका ७५ जना बीमितहरुले ७९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । रिलायबल नेपाल लाइफका १६४ जना बीमितले ९५ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका २५६ जना बीमितहरुले १ करोड १४ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सूर्यज्योति लाइफका ६२१ जना बीमितहरुले ८ करोड ८५ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

    सानिमा रिलायन्स लाइफका १४३ जना बीमितहरुले १ करोड ६१ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ८५५ जना बीमितहरुले ७ करोड ७७ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका ११४ जना बीमितहरुले १ करोड २६ लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार