images
images

सुर्यज्योती लाइफले ल्यायो नयाँ ‘सहि प्लान’ योजना, ४० हजारमा २५ लाखको कभरेज

सुर्यज्योती लाइफले ल्यायो नयाँ ‘सहि प्लान’ योजना, ४० हजारमा २५ लाखको कभरेज

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • सुर्यज्योती लाइफले ल्यायो नयाँ ‘सहि प्लान’ योजना, ४० हजारमा २५ लाखको कभरेज

    काठमाडौँ / सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले नेपालकै पहिलो र कम प्रिमियममा आजीवन सुरक्षा दिने बीमा योजना ‘सही प्लान’ ल्याएको हो । 

    images
    images

    उक्त योजना शुक्रवार राजधानीमा एक कार्यक्रमकाबीच नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराईले संयुक्त रूपमा उद्घाटन गरेका छन् । 

    हाल सूर्यज्योति १५ वटा बीमा योजना सञ्चालनमा छन् । तर, कम्पनीले थप योजना अघि सारेको हो । गरिब विपन्न वर्गले पनि सहज र सरल रूपमा बीमा गर्न सकिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश विक्रम खत्रीले बताए । उनका अनुसार सूर्यज्योतिले ल्याएको उक्त बीमा योजना कम प्रिमियममा ठुलो प्लान अर्थात् तिरेको प्रिमियमको ६ गुणा सम्मको क्रेज गर्ने छ ।

    यसका साथै ७० वर्षको उमेरमा बीमा अवधिभर तिरेको सम्पूर्ण रकम फिर्ता हुनेछ । उनले उने,–‘हामीले नेपालकै पहिलो आजीवन म्यादी जीवन बीमा योजना ल्याएको छौँ। जसले कम प्रिमियममा पनि आजीवन सुरक्षा दिन्छ । यो सीमित भुक्तानी र असीमित क्रेज भएको योजना हो । जसले बीमा अवधि समाप्ति पछि पनि होल लाइफ क्रेज गर्छ ।’

    ‘सही प्लान’ योजनामा ४० हजार रुपैयाँ प्रिमियममा २५ लाखको बीमा गर्न सकिने सिइओ खत्रीले  बताए । यसको उमेर ३५ वर्ष र भुक्तानी अवधि १५ वर्ष हुनेछ । यसमा प्रिमियम भने ४० हजार ७१९ रुपैयाँ छ । यसको भुक्तानी भने ५० वर्षमा सकिनेछ । 

    अर्थात् ३५ वर्ष उमेर पुगेको व्यक्तिले यस योजना अन्तर्गत बीमा गरेको खण्डमा उ ५० वर्ष पुग्दा बीमा अवधि सकिने छ । त्यस अवधिमा ६ लाख १० हजार ७८५ रुपैयाँ बीमा शुल्क बुझाउने छ । तर, क्रेज भने रहिरहने छ । 

    कम्पनीका अनुसार २५ लाखको बीमामा ४० हजार ७१२ रुपैयाँ बीमा शुल्क बुझाउनुपर्ने छ । यसमा प्रिमियम रिफण्ड ६ लाख १० हजार ७८५ सहित ३१ लाख १० हजार ७८५ रुपैयाँ रकम पाउनेछन् । 

    यस्तै, १ करोडको बीमामा  १ लाख ६२ हजार ८७६ रुपैयाँ बीमाशुल्क लाग्नेछ । यसमा २४ लाख ४३ हजार १४० रुपैयाँ प्रिमियम फिर्ता हुनेछ भने कुल १ करोड २४ लाख ४३ हजार १४० रुपैयाँ रकम पाउनेछन् । प्रिमियम फिर्ता उमेर ७० वर्ष रहेको छ । उमेर ३५ वर्ष र बीमा अवधिमा भने १५ वर्ष रहने कम्पनीले जनाएको छ।  

    न्यूनतम बीमाङ्क ५ लाख र उमेर १८ वर्ष रहनेछ  भने अधिकतम प्रवेश उमेर ६० वर्ष कायम गरिएको कम्पनीले जनाएको छ। बीमा शुल्क भुक्तानीको समाप्ति उमेर भने ६० वर्ष र न्यूनतम भुक्तानी अवधि ५ वर्षको रहने छ । बीमा शुल्क भने एकल, वार्षिक, अर्धवार्षिक र त्रैमासिक रूपमा भुक्तानी गर्न सकिनेछ । 

    यसका साथै दुर्घटनाको कारण मृत्यु भएमा दोहोरो बीमा लाभ अर्थात् १ करोड रुपैयाँसम्मको सुविधा रहेको कम्पनीले जनाएको छ । दुर्घटनाबाट पूर्ण अशक्त भएमा अधिकतम १ करोडसम्मको सुविधा छ । 

    बाँकी अवधिको बीमाशुल्क छुट, बीमाङ्कको आधारमा कम्तीमा १० वर्षसम्म मासिक अशक्त सुविधा रहेको कम्पनीले जनाएको छ।  यस्तै, ३५ घातक रोगहरू विरुद्ध ५० लाख रुपैयाँसम्मका उपचार खर्चको सुविधा र सहुलियत दरमा नियमानुसार ऋण लिन पाइने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार