images
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा २६३.३२ प्रतिशत बढ्यो, जीवन बीमा कोष साढे २९ अर्ब बढि

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा २६३.३२ प्रतिशत बढ्यो, जीवन बीमा कोष साढे २९ अर्ब बढि

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा २६३.३२ प्रतिशत बढ्यो, जीवन बीमा कोष साढे २९ अर्ब बढि

    काठमाडौँ / चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा बढेको छ । 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा पहिलो त्रैमासमा कम्पनीको नाफा १३ करोड २१ लाख ३ करोड रुपैयाँ पुगेको हो। गत वर्ष सोही अवधिमा ३ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षमा २६३.३२ प्रतिशतले नाफा वृद्धि गरेको हो ।

    चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम मार्फत ३ करोड ७२ लाख रुपैयाँ उठाएको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा ३२ करोड ६१ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा १ अर्ब ३० करोड ८३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै, आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष २७ अर्ब ४४ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भई २९ अर्ब ५० करोड पुगेको छ ।

    समिक्षा अवधिमा कम्पनीले २ अर्ब ३० करोड ४५ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ७ करोड ६ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ५ लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको थियो । कम्पनीले यस अवधिमा २ अर्ब २३ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २६ करोड ३९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७६ प्रतिशतले बृद्धि भएको छ ।

    समिक्षा अवधिमा कम्पनीले २१ करोड २७ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो । गत आर्थिक वर्षको तुलनामा कम्पनीले अभिकर्ता कमिशनमा धेरै रकम खर्चिएको छ ।

    कम्पनीले समिक्षा अवधिसम्ममा ३९ करोड ८५ लाख रुपैयाँ प्रथम बीमा शुलक आर्जन गरेको छ । कम्पनीले ११ करोड ४४ लाख रुपैयाँ सिंगल प्रिमियम संकलन गरेको छ । कम्पनीले १ अर्ब ७९ करोड १४ लाख रुपैयाँ नविकरण मार्फत आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ६२ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ८० पैसा रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार