images
images

फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक, मूल्य कति ?

फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक, मूल्य कति ?

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक, मूल्य कति ?

    काठमाडौं / नेपालमा फोटोनको ‘हाई रुफ ईभी भ्यान’ सार्वजनिक भएको छ । फोटोनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्शियल भेहिकलले सोमबार एक कार्यक्रम आयोजना गर्दै उक्त ईभी भ्यान सार्वजनिक गरेको हो ।

    images
    images

    गाडी सार्वजनिक गर्ने क्रममा एमएडब्लूका कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले उक्त गाडी नेपाल सडकका लागि उपयुक्त भएको बताए । ‘यो गाडी लामाे र छाेटाे दुवै रुटका लागि उपयुक्त छ,’ उनले भने, ‘गाडी धेरैको रोजाइमा पर्ने हाम्राे आशा छ, हामीले गाडी बिक्रीलाई मात्र हाेइन गाडी बिक्रीपछिको सर्भिसलाई पनि उत्तिकै ध्यान दिएका छौं ।’

    कम्पनीका अनुसार हाई रुफ ईभी भ्यान १४ र १५ सिटरको रहेका छन् । कम्पनीले उक्त ईभी भ्यान युरोपियन युनियन डब्लूभीटिए–प्रमाणित सवारीसाधन रहेको बताउँदै यसको परीक्षण र निरीक्षण जर्मन संस्था टीयूभी रेनल्यान्डद्वारा गरिएको छ ।

    कम्पनीले १५ सिटर ईभी भ्यानको मूल्य ५७ लाख रुपैयाँ तोकेको छ । गाडीको खरिदमा ८० प्रतिशत फाइनान्सिङको सुविधा रहेको पनि बताइएको छ । कम्पनीका अनुसार फोटोनले गाडीको स्थायित्वका लागि ३ लाख किलाेमिटर वा ५ वर्षको वारेन्टी प्रदान गर्दछ ।

    ईभी भ्यानमा ८५ किलोवाटको पावर रहेको छ । उक्त भ्यानभित्र फराकिलो भाग र आरामदायी सवारीका लागि फुल एसी लगायतका सेवा सुविधा जडान गरी तयार गरिएको छ । आधुनिक प्रविधि प्रयोग भएको उक्त भ्यानमा ५०.२३ किलोवाट पावरको क्याटल ब्याट्री रहेको छ ।

    फोटोन नेपालका सेल्स हेड नवीन आचार्यले फोटोन हाई रुफ ईभी भ्यानले कम मर्मत खर्चले सवारी धनीहरूलाई थप बचत गर्न सघाउने बताए । उनले भ्यानलाई नेपालको मौलिक सडक अवस्थाका लागि सावधानीपूर्वक डिजाइन गरिएको पनि बताए ।

    कम्पनीले उक्त ईभी गाडी पेट्राेलबाट चल्ने गाडीहरूसँग एक्सचेन्ज गर्न सक्ने बताएको छ । कम्पनीका अनुसार  हाई रुफ ईभी भ्यानको बुकिङसमेत खुल्ला गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार