images
images

आकर्षक फिचर र मूल्य भएको हुन्डाई एक्सटरको बुकिङ खुल्यो, चाँडै डेलिभरी सुरु हुने

आकर्षक फिचर र मूल्य भएको हुन्डाई एक्सटरको बुकिङ खुल्यो, चाँडै डेलिभरी सुरु हुने

बिहिवार, माघ १८ २०८०
बिहिवार, माघ १८ २०८०
  • images
    आकर्षक फिचर र मूल्य भएको हुन्डाई एक्सटरको बुकिङ खुल्यो, चाँडै डेलिभरी सुरु हुने

    हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बहुप्रतीक्षित एसयुभी एक्टर को बूकिङ आजदेखि खुल्ला गरेको छ । गत भदौमा सम्पन्न नाडा अटो शोमा सो गाडी प्रदर्शन गरिएको थियो ।

    images
    images

    हुन्डाई एक्सटर ५ सिटर एसयूभी कम्पनीको मोडेल लाइनअपमा पहिलो एसयुभी हो जुन हुन्डाई भेन्युभन्दा अघि रहनेछ । आकर्षक बनोट र बिभिन्न फिचरले एक्सटरलाई एक बिशेष एसयुभी बनाएको छ । गत जुलाई महिनामा भारतमा सार्वजनिक गरिएको एक्सटर भारतको प्रतिष्ठित इन्डियन कार अफ द इयर (ICOTY) को विजेता समेत बनेको छ ।

    एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइएको छ। यसको डीआरएल एच प्याटर्नमा राखिएको छ र इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, वायरलेस चार्जर, एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर लगायत अन्य प्रशस्त फिचर उपलब्ध छ। 

    १।२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट-इन-सेग्मेन्ट’ फिचर दिइएको हो । हुन्डाईले एसयूभी एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । 

    यसैगरी यसमा शार्क-फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ र वायरलेस चार्जर लगायत अरु सेफटी, कन्भिनियन्ट र कम्र्फटका फिचरलाई बिशेष ध्यान दिएर बनाइएको छ । यसमा १८५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लिरेन्स  रहेको छ, जस्ले गर्दा नेपाल को बिभिन्न बाटोहरुमा सहज यात्रा गर्ने आत्मविश्वास दिलाउँछ। 

    हिल एसिस्ट कन्ट्रोल-एचएसी)  र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट (भिएसएम) जस्ता ‘फर्स्ट-इन-सेग्मेन्ट’ फिचर्स पनि यसमा समावेश गरिएको छ। ६ ओटा कलर अप्सनमा आउने हुन्डाइको एक्सटर नेपालमा इएक्स, एस र एसएक्स गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जस्को मूल्य क्रमश  ३४ लाख ९६ हजार रुपैयाँ, ४० लाख ९६ हजार रुपैयाँ र ४४ लाख ९६ हजार रुपैयाँ हुनेछ । 

    लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुम तथा १९ सर्भिस सेन्टर र ४५ चार्जिङ पोइन्टहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरी करोडौँ ग्राहकहरूको मन तथा विश्वास जित्न सफल भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार