images
images

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तर्क्रिया कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तर्क्रिया कार्यक्रम सम्पन्न

बिहिवार, माघ २५ २०८०
बिहिवार, माघ २५ २०८०
  • प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तर्क्रिया कार्यक्रम सम्पन्न

    काठमाडौँ / प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार काठमाडौँ उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुबीचको अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

    images
    images

    अन्तर्क्रिया कार्यक्रमको उद्घाटन कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै निमित्त प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ता बीच आपसी साथ, सहयोग र सद्भाव कायम गर्न कम्पनीले यस अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको जानकारी दिए । उनले यस किसिमका अन्तर्क्रिया कार्यक्रमले अभिकर्ताहरुमा काम गर्न उर्जा प्राप्त हुने विश्वास व्यक्त गरे । 

    प्रभु महालक्ष्मी लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले सम्बोधन गर्दै बीमाका बिक्रीकला तथा व्यवसायी जीवनमा आफूले भोगेका अनुभवलाई रोचक एवं प्रेरणदायी प्रस्तुतीकरण दिएका थिए । एजेन्सी विभाग प्रमुख प्रभात शिवाकोटीले कार्यक्रम सञ्चालन गरेका थिए । 

    News.jpg

    कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ कार्य गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । उपत्यकाबाट कार्यक्रममा उपस्थित भएका एमडिआरटि २०२४ मा छनोट भएका  अभिकर्ताहरुलाई केक काटी विशेष सम्मान गरिएको थियो । 

    अभिकर्तास्किम अन्तर्गत लक्की ड्र मार्फत स्कुटर विजेता पाटन शाखामा कार्यरत एजेन्सी म्यानेजर पवन कुमार शाहीलाई स्कुटर हस्तान्तरण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार