images
images

दास्रो त्रैमाससम्ममा हिमालयन लाइफले कमायो ३४ करोड ६० लाख नाफा, कुल बीमा शुल्क आर्जन कति ?

दास्रो त्रैमाससम्ममा हिमालयन लाइफले कमायो ३४ करोड ६० लाख नाफा, कुल बीमा शुल्क आर्जन कति ?

सोमवार, माघ २९ २०८०
सोमवार, माघ २९ २०८०
  • दास्रो त्रैमाससम्ममा हिमालयन लाइफले कमायो ३४ करोड ६० लाख नाफा, कुल बीमा शुल्क आर्जन कति ?

    काठमाडौँ / चालु आर्थिक बर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले ३४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । 

    images
    images

    इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार ८ अर्ब २ करोड शेयर पूँजी भएको कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३४ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गरेको हो । कम्पनीले आर्जन गरेको यो नाफा गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ८.२४ प्रतिशतले कम हा ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ७१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । 

    यस्तै, दोस्रो त्रैमाससम्ममा कम्पनीले ८ अर्ब ९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.५१ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब ४६ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । 

    यता, पुष मसान्तसम्ममा कम्पनीको महाविपत्तीकोषमा ४८ करोड ११ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको रिटेण्ड अर्निङ्गमा १ अर्ब ३० करोड १३ लाख रुपैयाँ रहेको छ ।

    त्यसैगरी, कम्पनीले यस अवधिमा ७ अर्ब ८९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७ अर्ब २८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ८.२९ प्रतिशतले वृद्धि भएको हो ।

    यता, आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड रहेको थियो । गत आर्थिक वर्षको असार मसान्तको तुलनामा पुष मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार १२.२१ प्रतिशतले वृद्धि भएर ५८ अर्ब ४८ करोड पुगेको छ ।

    समिक्षा अवधिमा कम्पनीले ६५ करोड ६३ लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७१ करोड ३६ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ८.६३ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२३.१३ रुपैयाँ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार