images
images

नयाँ अर्थमन्त्रीलाई नेप्सेको स्वागतः ९.३३ अङ्कले बढ्यो बजार, तीन अर्ब ४५ करोड बढीको कारोबार

नयाँ अर्थमन्त्रीलाई नेप्सेको स्वागतः ९.३३ अङ्कले बढ्यो बजार, तीन अर्ब ४५ करोड बढीको कारोबार

बुधवार, फागुन २३ २०८०
बुधवार, फागुन २३ २०८०
  • नयाँ अर्थमन्त्रीलाई नेप्सेको स्वागतः ९.३३ अङ्कले बढ्यो बजार, तीन अर्ब ४५ करोड बढीको कारोबार

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नयाँ अर्थमन्त्री वर्षमान पुनलाई सकारात्मकरुपा स्वागत गरेको छ । अघिल्लो कारोबारको दिन ७०.३१ अङ्कले घटेको नेप्से सूचक अर्थमन्त्रीको रुपमा वर्षमान पुनलाई नियुक्त गर्ने निर्णय गरेसंगै परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको हो  

    images
    images

    सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको छ । आज परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ । 

    आज विभिन्न तीन सय आठ कम्पनीका ९१ लाख ३८ हजार एक सय ५४ कित्ता शेयर ५८ हजार नौ सय ४० पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ को कारोबार भएको छ । 

    आजको कारोबारमा बैंकिङ, जीवन बीमा र म्यूचुअल फण्डबाहेकको समूहको उपसूचक बढेको छ । डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वरोजगार लघुवित्त वित्त विकास बैंकको आठ दशमलव ७०, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आठ दशमलव ६७, गुर्खाज फाइनान्सको आठ दशमलव ०९ र सीवाईसी नेपाल  लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य आठ प्रतिशतले बढेको छ । 

    धेरै गुमाउनेमा मोलुङ हाइड्रोपावर कम्पनी नौ दशमलव ७१ र ग्लोबल आईएमई ब्यालेन्स फण्ड(१ को शेयर मूल्य पाँच दशमलव ५४ प्रतिशतले घटेको छ ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रु ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात बराबरको छ लाख ५७ हजार सात सय ३९ कित्ता शेयर कारोबार भएको छ ।

    नेप्सेले नयाँ अर्थमनत्रीलाई स्वागत गरेको हो त ? 

    हिजो ७०.३१ अङ्कले घटेको परिसुचक आज नयाँ अर्थमनत्री बर्षामान पुन हुने निर्णय भएसंगै ९.३३ अङ्कले बढेको छ । यसअघि अर्थात आइतबार नेकपा एमालेका विष्णु पौडेल अर्थमन्त्री बन्ने हल्लाका कारण सोमबार बजार ३ पटकसम्म सर्किट ब्रेकर लागेपछि बजार बन्द भएको थियो । 

    पौडेल अर्थमन्त्री नबन्ने समाचार आएपछि भने मङ्गलवार सेयर बजारमा उच्च गिरावट आएको सेयर विश्लेषक मुक्ति अर्यालले बताए । राजनीतिक अस्थिरताका कारण आगामी दिनमा बजार कता जाला भन्ने अनुमान गर्न नसकिने उनको भनाइ छ । 

    लगानीकर्ताहरू सेयर बजार अनुकुल अर्थमन्त्री चाहान्छन् । पुँजी बजार अनुकुल अर्थमन्त्री आउने सङ्केत पाउनेबित्तिकै उक्लिने बजार त्यसको उल्टो सङ्केत पाएमा घट्ने गरेको छ । सोमबार र मङ्गलबारको बजारले पनि यो कुरालाई पुष्टि गरेको छ । 

    गणतन्त्र आएदेखि हालसम्मको अवस्थालाई हेर्ने हो भने २०६८ सालमा नेप्से परिसूचक सबैभन्दा न्यून २९१ बिन्दुमा झरेको थियो । त्यो समय माओवादीका बर्षमान पुन अर्थमन्त्री थिए । नेप्सेको न्यून बिन्दुको त्यो रेकर्ड हालसम्म पनि कायमै छ । त्यसताका माओवादीले पहिलो पटक सरकारको नेतृत्व गरेको थियो भने अर्थमन्त्रालय सम्हालेका तत्कालीन अर्थमन्त्री पुनप्रति लगानीकर्ताले भरोसा नगरेको देखिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार