images
images

रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटल बीच सम्झौता, शेयर पूँजीको १० प्रतिशत खरिद गर्ने

रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटल बीच सम्झौता, शेयर पूँजीको १० प्रतिशत खरिद गर्ने

सोमवार, चैत ५ २०८०
सोमवार, चैत ५ २०८०
  • रिलायबल प्राइभेट इक्वीटी फण्ड र अकामा होटल बीच सम्झौता, शेयर पूँजीको १० प्रतिशत खरिद गर्ने

    काठमाडौँ / रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रवर्द्धित रिलायबल प्राइभेट इक्वीटी फण्डबाट अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ ।

    images
    images

    हालै आयोजित एक कार्यक्रममा बालुवाटार, काठमाण्डाैंस्थित कोष व्यवस्थापक रिलायबल भेन्चरले धुम्बाराही काठमाडाैं, सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको अकामा होटलमा लगानी गर्ने भएकाे हाे।

    फण्डको तर्फबाट कोष व्यवस्थापकका प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झा र अकामा होटलको तर्फबाट होटलका अध्यक्ष विनय कुमार श्रेष्ठले लगानी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    लगानी सम्झौता अनुसार, रिलायबल प्राइभेट इक्वीटी फण्डले अकामा होटलमा २२ करोड ५० लाख रुपैँया लगानी गरी प्राथमिक सार्वजनिक निष्कासन पश्चात् कायम रहने शेयर पूँजीको १० प्रतिशत रकम बराबरको शेयर खरिद गर्नेछ ।

    रिलायबल प्राइभेट इक्वीटी फण्ड, विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्र्तगत नेपाल धितोपत्र बोर्डमा दर्ता भई संस्थापन तथा सञ्चालन भएको कोष हो जसको व्यवस्थापन रिलायबल भेन्चर क्यापिटल लिमिटेडले गरेको छ ।

    यस कोषको मुख्य उद्देश्य सूचीकृत नभएका संस्थाहरुमा लगानी गरी सो संस्थाहरुलाई एक वैकल्पिक वित्तीय श्रोत उपलब्ध गराउनु रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार