images
images

नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’अनलाइन

नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’अनलाइन

मंगलवार, चैत ६ २०८०
मंगलवार, चैत ६ २०८०
  • images
    नेपाली सिनेमा डाइरेक्टरीका रुपमा ‘द फिल्म नेपाल’अनलाइन

    काठमाडौं / नेपाली सिनेमा सम्बन्धि सम्पूर्ण जानकारी दिने अनलाइन प्लेटफर्म ‘द फिल्म नेपाल डटकम’ संचालनमा आएको छ । 

    images
    images

    द फिल्म नेपालले संचालनमा ल्याएको उक्त अनलाइन पोर्टलले युट्युब र ओटीटीमा नयाँ रिलिज हुने चलचित्रको अलर्ट समेत दर्शकलाई उपलब्ध गराउने जनाएको छ ।  

    नेपाली चलचित्र र कलाकारको अनलाइन डाइरेक्टरीको रूपमा रहने द ‘फिल्म नेपाल’मा नेपाली सिनेका विगतदेखि वर्तमानसम्मका सबै जानकारीहरु उपलब्ध हुनेछन् । 

    प्रयोगकर्ताको सहजतालाई ध्यान दिएर बनाइएको उक्त प्लेटफर्ममा नेपाली सिनेमा, कलाकार, निर्देशकलगायतका विषयमा जानकारी र समाचारहरु दिनेछ । यसबाहेक रिलिज हुन लागेका सिनेमाको टिजर, ट्रेलर हेर्न र रिभ्यु पढ्न पाउने व्यवस्था समेत गरिएको छ । 

    अहिलेसम्म बनेका नेपाली फिल्महरु, तिनका कलाकार र निर्देशहरुका विषयमा पनि व्यवस्थित तथ्यांक यो पोर्टलमा पाउन सकिनेछ भने सिनेमा रेटिङ, रिभ्यु, कलाकारहरुको प्रोफाइल भेरिफिकेसनको सुविधा पनि अनलाइन पोर्टलमा रहेको छ । त्यसबाहेक संचालकहरुले दर्शकले चाहेका फिल्ममा सहज नै पहुँच पु¥याउन सक्ने गरी प्लेटफर्म विकास गरेका छन् । 

    नोटिफिकेसन यसको नौलो र फरक फिचर हो । यसले दर्शकलाई नयाँ नेपाली सिनेका रिलिज हुने बितिकै नोटिफिकेसन अलर्टमार्फत जानकारी दिनेछ । भविष्यमा यही प्लेटफर्ममार्फत मल्टीप्लेक्सको सिनेमाको टिकक बुकिङको सुविधासमेत थप्ने योजना संचालकको छ । 

    ‘समग्र नेपाली सिनेमाको क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउने योजनाका साथ यो प्लेटफर्म संचालनमा ल्याइएको हो,’ संचालक द फिल्म नेपालले भन्यो, ‘यसले नेपाली सिनेमाको डिजिटलाइजेसन र विकासमा पनि टेवा पु¥याउने अपेक्षा गरेका छौं ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार