images
images

गृहमन्त्री रवि लामिछाने महाजात्रा हेर्न लबिम मलमा !

गृहमन्त्री रवि लामिछाने महाजात्रा हेर्न लबिम मलमा !

सोमवार, चैत १२ २०८०
सोमवार, चैत १२ २०८०
  • images
    गृहमन्त्री रवि लामिछाने महाजात्रा हेर्न लबिम मलमा !

    ललितपुरको लबिम मलमा रहेको क्यूएफएक्समा फिल्म महाजात्रा  हेर्दै उपप्रधानमन्त्री एवम्  गृहमन्त्री रवि लामिछानेलगायत पुगेका थिए । महाजात्रा देखाउन निर्माण पक्षले राजनितिज्ञ, कलाकार तथा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई निमन्त्रणा नै गरेको छ । 

    images
    images

    प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र ‘महाजात्रा’ गत शुक्रबारबाट रिलिज भएको थियो । 

     यस चलचित्रले पहिलो दिनमै १ करोड २३ लाखको बम्पर ओपनिङ गरेको थियो । स्रो दिन १ करोड ८३ लाख ग्रस कलेक्सन गरेको छ । यससँगै दुई दिनमा चलचित्रको कुल आम्दानी ३ करोड ६ लाख पुगेको निर्माण पक्षले जनाएको छ ।

    विभिन्न ४० देशका २५० भन्दा धेरै सहरमा ‘महाजात्रा’ रिलिज भएको छ । आकस्मिकरूपमा प्राप्त पैसा व्यवस्थापन गर्दाका समस्या नै चलचित्रको मुख्य कथा हो ।

    चलचित्रमा हरिवंश आचार्य, बिपिन कार्की, वर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रबिन्द्र झा, दिब्य देबलगायतका कलाकारको अभिनय रहेको छ । कार्यकारी निर्माता रवीन्द्रसिंह हुन्।

    चलचित्रका निर्माताहरु म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेल हुन् भने चलचित्रको कथा निर्देशक भट्टराईले स्वयं लेखेका हुन् ।

    ‘महाजात्रा’ ‘जात्रा’, ‘जात्रै जात्रा’ पछिको तेस्रो सिरिज हो ।

     


    ललितपुरको लबिम मलमा रहेको क्यूएफएक्समा फिल्म महाजात्रा  हेर्दै उपप्रधानमन्त्री एवम्  गृहमन्त्री रवि लामिछानेलगायत । तस्बिर  भेषराज कार्की/ रासस

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार