images
images

आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’ : प्रयोगकर्ताहरूले बर्षैभरी पनि फाइदा लिने सक्ने

आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’ : प्रयोगकर्ताहरूले बर्षैभरी पनि फाइदा लिने सक्ने

सोमवार, चैत २६ २०८०
सोमवार, चैत २६ २०८०
  • आइएमई पे सुपर वालेटमा ‘सुपर बेनीफिट’ : प्रयोगकर्ताहरूले बर्षैभरी पनि फाइदा लिने सक्ने

    काठमाडौँ / आइएमई पे ले  नयाँ वर्ष  २०८१ का अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूका लागि विशेष सुविधा दिने भएको छ । सुपर वालेटलाई परिचित गराएको आइएमई पे ले  नयाँ वर्षका अवसरमा सुपर वालेट प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको हो। 

    images
    images

    यस सुपर बेनीफिट प्याकेजमा आइएमई पे प्रयोगकर्ताहरूले वालेट ब्यालेन्समा बैङ्कहरूले दिने बराबरको ब्याज, बैङ्कमा पैसा  ट्रान्सफर गर्दा निस्शुल्क सेवा, हरेक कारोबारमा अधिकतम रिवार्ड पोइन्ट, स्वास्थ्य बिमा प्याकेजमा आकर्षक छुट, भर्चुअल भिसा कार्डबाट अनलाइन भुक्तानीमा  गर्दा तुरुन्तै क्यास ब्याक पाउने छन् । 

    यसैगरी, हवाई टिकट खरिदमा तथा घरायसी उपभोग्य सेवाहरूको भुक्तानीमा निरन्तर प्रोमो कोडहरू, केबलकारहरूको टिकट खरिदमा विशेष छुटका साथै वर्षैभरी ६ हजार रुपैयाँसम्मको क्यासब्याक फाइदा पनि आइएमई पे प्रयोगकर्ताहरूले पाउने छन् ।

    आइएमई डिजिटलका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नयाँ वर्षको अवसर पारेर सुरुवात गर्न  लागिएको थप सुविधासहितको यस प्रिमियम प्याकेजले आइएमई पेका प्रयोगकर्ताहरूलार्इ सुपर वालेटमा आबद्ध रहेको महसुस गराउने बताएका छन् । नयाँ नयाँ प्रविधि पछ्याउँदै र ग्राहकलाई सुविधाहरू थप्दै आइएमई पे फिनटेक क्षेत्रमा अब्बल साबित भएको पनि प्रमुख कार्यकारी रेग्मीको भनाइ छ ।

    नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ’आइएमई पे’ मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैङ्कको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो। आइएमई पे मोबाइल वालेट मार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरू गर्न सक्नेछन्। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार