images
images

ब्ल्याक प्लस डेकरका सामान खरिदमा हरेक हप्ता उपहार जित्न सकिने

ब्ल्याक प्लस डेकरका सामान खरिदमा हरेक हप्ता उपहार जित्न सकिने

बुधवार, चैत २८ २०८०
बुधवार, चैत २८ २०८०
  • ब्ल्याक प्लस डेकरका सामान खरिदमा हरेक हप्ता उपहार जित्न सकिने

    काठमाडौँ / घरायसी उपकरणमा अमेरिकाको नम्बर १ ब्रान्ड ब्ल्याक प्लस डेकरले आफ्नो ग्राहकहरूको लागि नयाँ बर्ष २०८१ लाई लक्षित गर्दै ‘न्यू जोयस, न्यू सेलिब्रेसन’ योजना अघि सारेको छ । सो योजना अन्तर्गत ग्राहकहरूले ब्ल्याक प्लस डेकरका साना घरायसी उपकरणको खरिद गर्दा हरेक हफ्ता उपहार जित्न सक्नेछन् । 

    images
    images

    ब्ल्याक प्लस डेकरको कुनै पनि उपकरणको खरिदमा हरेक हप्ता एकजना भाग्यशाली विजेताले ब्ल्याक प्लस डेकरको उच्च गुणस्तरको फुड स्टिमर जित्न सक्नेछन् । उक्त योजनामा सहभागी हुन ग्राहकहरूले विज्ञापनमा दिइएको क्यूआर कोड स्क्यान गरि फर्ममा आफ्नो विवरण र खरिद गरिएको उपकरणको वारेण्टी कार्ड नम्बर भर्नुपर्नेछ । 

    साप्ताहिक लक्की ड्र मार्फत उपहार जित्न सक्नेछन् । यसका साथसाथै ब्ल्याक प्लस डेकरका उपकरणहरुको तीस हजार माथिको खरिदमा शून्य प्रतिशत ब्याजदरमा ईएमआइ र ब्ल्याक प्लस डेकर लोयल्टी क्लब रिवार्ड प्रोग्राम पनि उपलब्ध छ । 

    यो योजना चैत्र २७ गतेदेखि नेपाल अधिराज्यभरी सीमित अवधिका लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर ब्ल्याक प्लस डेकर ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार