बिश्व बिख्या ब्रायनले एउटा प्रसंगमा भनेका थिए धेरै असफलताहरूको कारण यजनाको अभाव हुनु हो । यस्तैगरी हाम्रो जीवनको सफलता असफलता हामीले योजना बनाउन नसक्दा बनेको परिणाम हुन सक्छ । जीबन एउटा योजनाबद्ध शैली पनि हो । समाजमा कतिपय यस्ता व्यक्ति व्यक्तित्वहरुको प्रेरक कथाका कारण जिन्दगीलाई खुराक मिल्छ, उज्यालो प्रेरणा मिल्छ । अघि बढ्ने प्रेरणा दिन्छ । समय, आफन्त परिवार, साथीभाई बुझ्न साहस मिल्छ ।
जिन्दगीलाई सहि बाटोमा डोर्याउन मद्धत गर्दछ । चाहे ऐतिहासिक व्यक्तित्व चाणक्य हुन् पूर्विय सभ्यताका एक से एक दार्शनिक वा विश्वविख्यात अल्वर्ट आइन्स्टाइनदेखि थोमस एल्वा एडिसन वा ग्यालिलियो हुन् ।जसले समाजमा केही न केही दिएका छन् । समाजको गतिलाई अझै अघि बढाए ।
अर्थ डबलीको यस अंकमा पढौं केहि उत्कृष्ट प्रेरक भनाइहरूः
यदि तिमी यसको सपना देख्न सक्छौ भने, तिमी यो गर्न सक्छौ ।
– वाल्ट डिज्ने
विना योजनाको लक्ष्य मात्र एक कोरा चाहाना हो ।
– अज्ञात
लक्ष्य चुन्नु र यसमा समर्पित हुनुले सबैथोक बदलिदिन्छ ।
– स्कट रीड
लक्ष्य नहुनुले उत्पन्न गर्ने समस्या हो, तिमीले पुरै जीवन यता उता दौडदैमा विताउनेछौ तर कुनै गोल गर्नेछैनौ ।
– विल कोपल्याण्ड
सबैथोकमा सफल हुनका लागि एउटै उपाय छ त्यो हो, यसका लागि सबैथोक कुर्वान गर्नु ।
- विन्स लोम्बर्डी
धेरै असफलताहरूको कारण यजनाको अभाव हो ।
– ब्रायन ट्रेसी
तिम्रा लक्ष्यहरू भनेको तिम्रो मार्गचित्र हो जसले तिमीलाई देखाउने छ कि तिम्रो जीवनमा के सम्भव छ ।
– लेस ब्राउन
एउटा सपना मात्र सपना हो तर लक्ष्य योजना र डेडलाईन सहितको सपना हो ।
– ह्यारी मेक के
पटक पटक असफल हुँदा पनि उत्साह नगुमाउनु नै सफलता हो ।
– विन्सटन चर्चिल
असफलता पुनः बुद्धिमत्तापूर्वक कार्यको प्रारम्भ गर्न दिइएको अवसर हो ।
– हेनरी फोर्ड
म असफलतामा विश्वास गर्दिन, यदि कार्यमै तपाईले आनन्द लिनुभयो भने त्यो असफलता होइन ।
– वप्रा विन्फ्रे
संसारका महान् व्यक्तिहरूले आफ्नो सबैभन्दा ठूलो सफलता आफ्नो सबैभन्दा ठूलो असफलताको ठिक एक पाइलो अगाडी पाएका थिए ।
– नेपोलियन हिल
तपाई मलाई पूर्णरूपले सन्तुष्ट व्यक्ति देखाउनुस्, अनि म तपाईलाई असफल व्यक्ति देखाउनेछु ।
– थोमस एल्भा एडिसन
असफलताको अर्थ यो होइन कि तपाई हार्नुभयो, यसको मतलब हो जित अझै भइसकेको छैन ।
– रोबर्ट एच स्कूलर
विना असफलता, सफलताको कुनै स्वाद हुदैन न त त्यसको बुझाइ नै । –
- ग्लेन बेक
असफलता भनेको खस्नु होइन, खसेपछी पुन नउठ्नु हो ।
– अज्ञात