images
images

पहिलो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफको नाफा १.०५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

पहिलो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफको नाफा १.०५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

शुक्रवार, मंसिर १ २०८०
शुक्रवार, मंसिर १ २०८०
  • पहिलो त्रैमाससम्ममा रिलायबल नेपाल लाइफको नाफा १.०५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्म आइपुग्दा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा १.०१ प्रतिशतले बढेर ११ करोड ९४ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीके यस्तो नाफा ११ करोड ८२ लाख ६ हजार रुपैयाँ रहेको थियो । 

    images
    images

    पहिलो त्रैमाससम्ममा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ५६.५५ प्रतिशतले बढेर ३० करोड ५० लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधीसम्ममा कम्पनीको यस्तो आम्दानी १९ करोड ४८ लाख ६२ हजार रुपैयाँ रहेको थियो । 

    चालु आर्थिक वर्षको समिक्षा अवधिमा कम्पनीले शेयर प्रिमियममार्फत १ अर्ब ७५ करोड रुपैयाँ उठाएको छ । यस अवधिमा कम्पनीको महाविपत्ती कोषमा १३ करोड ८ लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीकोे संचिती जगेडा कोषमा १ अर्ब १३ करोड ४७ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

    त्यस्तै, आर्थिक वर्ष २०७९ र८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ५ अर्ब ९७ करोड रहेको थियो । गत आर्थिक वर्षको असारमसान्तको तुलनामा यस समिक्षा अवधि असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार बृद्धि भई ८ अर्ब पुगेको छ ।

    समिक्षा अवधिमा कम्पनीले १ अर्ब १ करोड ५१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८९ करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन बृद्धि भएको हो ।

    यस्तै, समिक्षा अवधीसम्ममा कम्पनीको खुद बिमा शुल्क आर्जन ९.४५ प्रतिशतले बढेर ९३ करोड ३५ लाख ८६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधीसम्ममा कम्पनीको यस्तो बिमा शुल्क आर्जन ८५ करोड २९ लाख ८६ हजार रुपैयाँ रहेको थियो । 

    असोज मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । कम्पनीले समिक्षा अवधिसम्ममा ३२ करोड ३६ लाख रुपैयाँ प्रथम बीमा शुलक आर्जन गरेको छ । कम्पनीले १ करोड ४७ लाख रुपैयाँ सिंगल प्रिमियम संकलन गरेको छ । 

    यस्तै, कम्पनीले ६८ करोड ९१ लाख रुपैयाँ नविकरण मार्फत आर्जन गरेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ७६ रुपैयाँ रहेको छ । सोल्भेन्सी रेसियो २।१६ रहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार