images
images

तीन महिनामा शिखर इन्स्योरेन्सको नाफा ११ करोड, अन्य सूचक कस्तो ?

तीन महिनामा शिखर इन्स्योरेन्सको नाफा ११ करोड, अन्य सूचक कस्तो ?

शनिवार, मंसिर २ २०८०
शनिवार, मंसिर २ २०८०
  • तीन महिनामा शिखर इन्स्योरेन्सको नाफा ११ करोड, अन्य सूचक कस्तो ?

    काठमाडौँ / चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमाससम्ममा शिखर इन्स्योरेन्सले ११ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको तीन महिनाको अपरिष्कृत वित्तीय विवरणअनुसार ११ करोड २४ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

    images
    images

    यो नाफा गत वर्षको भन्दा केही बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष साउनदेखि असोजसम्मको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीले १.३३ प्रतिशतले नाफा बढाएको छ ।

    यस अवधिमा कम्पनीको नाफासंगै कुल बीमा शुल्क आर्जन पनि सामान्य बढेको देखिएको छ । पहिलो त्रैमाससम्ममा कम्पनीले ७९ करोड ४४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७५ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन सामान्य बढेको हो ।

    समिक्षा अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ५१ करोड ६५ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत ५२ करोड ३२ लाख खर्चिएको थियो । यस अवधिमा कम्पनीले २ करोड रुपैयाँ अभिकर्ता कमिशनमा खर्चिएको छ ।

    कम्पनीले २७ करोड ७८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनकिो खुद बीमा शुल्क आर्जन २० प्रतिशतले बढेको छ ।

    कम्पनकिो सोल्भेन्सी रेसियो १.५ रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १६ रुपैयाँ ९४ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १९९ रुपैयाँ २४ पैसा रहेको छ ।         

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार