images
images

नेप्सेमा दोहोरो अङ्कको गिरावट हुँदा तीन अर्ब ८६ करोडको कारोबार, कसले कति गुमाए ?

नेप्सेमा दोहोरो अङ्कको गिरावट हुँदा तीन अर्ब ८६ करोडको कारोबार, कसले कति गुमाए ?

बिहिवार, फागुन ३ २०८०
बिहिवार, फागुन ३ २०८०
  • नेप्सेमा दोहोरो अङ्कको गिरावट हुँदा तीन अर्ब ८६ करोडको कारोबार, कसले कति गुमाए ?

    काठमाडौँ / धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १४ दशमलव ४६ अङ्कले ओरालो लागेर दुई हजार ६२ दशमलव शून्य तीनमा सीमित भएको छ । 

    images
    images

    ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ७१ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव ५६ मा सीमित भएको छ । कारोबार भएका कुल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने एक उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ ।

    कुल एक करोड १४ लाख सात हजार दुई सय ६४ कित्ता शेयर रु तीन अर्ब ८६ करोड ९१ लाख १८ हजार सात सय ४१ मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा छ । सो कम्पनीको रु २२ करोड ८५ लाख ७६ हजार दुई सय ६७ बराबरको शेयर कारोबार भयो । 

    सगरमाथा जलविद्युत् कम्पनी रु ११ करोड ५९ लाख ६५ हजार छ सय २१, जोशी हाइड्रोपावर रु १० करोड ७५ लाख ५८ हजार दुई सय ८३, एनआइसी एसिया बैंक रु आठ करोड ७० लाख २३ हजार एक सय ८० र हिमालयन ऊर्जा विकास कम्पनी रु आठ करोड ५७ लाख ५१ हजार नौ सय ४५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । छ्याङदी हाइड्रोपावर आठ दशमलव शून्य एक, जोशी हाइड्रोपावर सात दशमलव ४७ र बलेफी हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ३४ प्रतिशतले कमाएका छन् । 

    त्यस्तै मैलुङ खोला जलविद्युत् कम्पनी पाँच दशमलव ७०, प्रोगेसिभ फाइनान्स पाँ दशमलव ५८, माहुली लघुवित्त पाँच दशमलव ४२, रिभर फल्स पावर पाँच दशमलव १५ र हिमालयन पावर पार्टनरका लगानीकर्ताले चार दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार